बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिग : चौथो चरण सकिँदा मनाङ शीर्षमा कायमै, मछिन्द्र दोस्रोमा उक्लियो

‘ए’ डिभिजन लिग : चौथो चरण सकिँदा मनाङ शीर्षमा कायमै, मछिन्द्र दोस्रोमा उक्लियो

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल सकिँदा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा यथावत छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल सकिँदा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा यथावत छ।

साविक बिजेता मनाङको ४ खेलबाट १० अंक छ। जारी सिजनमा अपराजित रहेको मनाङले ३ खेलमा जित हात पार्दा १ मा बराबरी खेलेको छ।

लिगको तेस्रो चरणका खेल सकिँदा मनाङ अंकतालिकामा शीर्ष स्थानमा थियो।

मछिन्द्र क्लब अंकतालिकामा दोस्रो स्थानमा छ। जारी सिजनमा मनाङको जस्तै नतिजा निकालेको मछिन्द्रको भने ९ अंक मात्रै छ। गत सिजनमा रेलिगेसन परेका कारण उसको १ अंक खोसिएको हो।

लिगको तेस्रो चरण सकिँदा मनाङ तेस्रो स्थानमा थियो।

अंकतालिकामा विभागीय त्रिभुवन आर्मी तेस्रो, जाउलाखेल युथ चौथो, नेपाल पुलिस पाँचौं र थ्री स्टार क्लब छैटौं स्थानमा छन्। चौथो चरणमा थ्री स्टार ४ स्थान तल झरेको छ।

तेस्रो चरण सकिँदा थ्री स्टार दोस्रो स्थानमा थियो।

यस्तै, ब्रिगेड ब्वाइज सातौं, न्युरोड टिम (एनआरटी) आठौं, च्यासल युथ नवौं, एपीएफ दसौं, संकटा एघारौं, हिमालयन शेर्पा बाह्रौं र फ्रेन्डस क्लब तेह्रौं स्थानमा रहँदा र सरस्वती युथ क्लब पुछारमा छ।

प्रतियोगितामा हिमालयन शेर्पा, फ्रेन्डस र सरस्वती क्लब जितविहीन छन्।

पाँचौ चरणका खेल शनिबार (भोलि)देखि सुरु हुनेछन्।

प्रकाशित: Jan 03, 2020| 04:04 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।