बुधबार, असार ३१, २०८३

भारतविरुद्धको टी–२० शृंखलाका लागि श्रीलंकन टोली घोषणा

भारतमा सुरु हुने भारत र श्रीलंकाबीचको टी–२० क्रिकेट शृंखलाका लागि श्रीलंकन टोलीको घोषणा गरिएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– भारतमा सुरु हुने भारत र श्रीलंकाबीचको टी–२० क्रिकेट शृंखलाका लागि श्रीलंकन टोलीको घोषणा गरिएको छ।

श्रीलंका क्रिकेट बोर्डले तीव्र गतिका बलर लासिथ मालिंगाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेकाे हो। टोलीमा कुशल परेरा, दनुश्का गुणातिलका, अविष्का फर्नान्डो, भानुका राजपक्सा, ओशाडा फर्नान्डो, दसुन शनका, एन्जलो मैथ्युज, निरोशन डिकवेला, कुशल मेन्डिस, वनिन्डु हसरंगा, लक्षण सन्दाकन, धनन्जय डि सिल्वा, लाहिरू कुमारा र इसरु उडाना छन्।

मैथ्युज साढे एक वर्षपछि टोलीमा फर्किएका हुन्।

भारतीय टोलीको भने यसअघि नै घोषणा भइसकेको छ। भारतका नियमित कप्तान विराट कोहलीको नेतृत्वमा टिमको घोषणा गरिएको हो।

क्रिकेट शृंखलाअन्तर्गत तीन खेल हुँदैछन्। पहिलो खेल आगामी आइतबार (जनवरी ५)मा हुनेछ। यस्तै, दोस्रो खेल जनवरी ७ मा र तेस्रो जनवरी १० मा हुने कार्यक्रम छ।

एजेन्सी 

प्रकाशित: Jan 02, 2020| 06:47 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।