मंगलबार, भदौ २, २०८३

रिचार्जरको बिग सेल मेला जनवरी २० मा

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिग सेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितीमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो ।
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं– भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिग सेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितीमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो ।

कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा ई कमर्श प्लेटफर्मको ठूलो भूमिका हुने बताए । उनले रिचार्जरले मात्र भ्रमण वर्ष सचिवालयसँग भएको सम्झौता अनुसार ठूलो संख्यामा पर्यटकहरु भित्र्याउनेमा आफू आशावादी रहेको बताए ।

भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले जनवरी २० तारिखका दिन नेपालकै ठूलो ई कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले विभिन्न किसिमका भ्रमण प्याकेज सहित बिग सेल मेला सञ्चालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को अफिसियल इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने छ ।

विभिन्न बैंकहरुसँगको सहकार्यमा रिचार्जरमा शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलेक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।

प्रकाशित: Jan 01, 2020| 07:24 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्