काठमाडौं– सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुने कम्पनीले जनाएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेल प्रालिले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।
यो अफर यही बुधबार (पुस १६) गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलका ग्राहकले बुधबार बिहान १२ बजेदेखि मध्यरात १२ बजेसम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।
यो योजनाअन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जिबीप्याक कर सहितमात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहि योजनाअन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहितमात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् ।
ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५०ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।