मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डमा क्यासब्याक अफर

माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डमा क्यासब्याक अफर

माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी डेबिट तथा क्रेडिट कार्डमा रु. ५०० सम्मको क्यासब्याक अफर ल्याएको छ । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट
 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी डेबिट तथा क्रेडिट कार्डमा रु. ५०० सम्मको क्यासब्याक अफर ल्याएको छ । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा रु. ५०० क्यासब्याक दिने योजना सार्वजनिक गरेको हो ।

उक्त योेजनाअनुसार ग्राहकले माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा रु.५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि रु. ५०० फिर्ता पाउनेछन् ।

त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसललगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा रु.५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि प्रत्येक महिना रु ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिनेछ ।

माछापुच्छ्रे बैंकले भिषाको सहकार्यमा २०२० जनवरी र फेब्रुवरी महिनाको लागि उक्त अफर संचालनमा ल्याएको हो ।

प्रकाशित: Jan 01, 2020| 06:35 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्