मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

 |  बुधबार, पुस १६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०७६

काठमाडौं– सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटीका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् ।

भर्खरै नाडाको अध्यक्षमा निर्वाचित कुष्ण प्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ । ‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेबारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु ।

अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु,’उपाध्यक्षमा चयन भएपछि सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले भने । नाडाका निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।

प्रकाशित: Jan 01, 2020| 05:36 बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्