सोमबार, असोज २६, २०८३

धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस

धितोपत्र बोर्डको भावी अध्यक्षको लागि तीन जनाको नाम सिफारिस भएको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– धितोपत्र बोर्डको भावी अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ।

बोर्डका वहालवाला कार्यकारी निर्देशक निरज गिरि, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा बोर्डका विज्ञ सञ्चालकसमेत रहेका भीष्मराज ढुंगाना र अर्थविद् केशव श्रेष्ठ अध्यक्ष पदका लागि सिफारिस भएका हुन्।

बोर्डका अनुसार अध्यक्ष सिफारिस समितिले उनीहरूलाई अध्यक्ष पदको लागि अर्थमन्त्रालयमा सिफारिस गरेको हो। समितिले सोमबार लिएको अन्तर्वार्ताबाट ‘सर्ट लिस्ट’मा परेपछि उनीहरूलाई सिफारिस गरिएको बोर्डले जनाएको छ।

अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा भएको समिति गठन गरिएको छ। 

बोर्ड गत कात्तिकदेखि नेतृत्वविहीन छ। अध्यक्ष रेवतबहादुर कार्कीको कार्यावधि सकिएयता पुँजीबजारको नियमनकारी निकाय बोर्ड नेतृत्वविहीन बनेको हो।

मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएको व्यक्तिमध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ। अर्थमन्त्री डा. युवराज खतिवडाको भने ढुंगानालाई अध्यक्ष बनाउने चाहना छ।

यही मनसायले अर्थमन्त्री डा.युवराज खतिवडाले गत भदौमा ढुंगानालाई बोर्डको विज्ञ सञ्चालकको रूपमा नियुक्ति दिएका हुन्।

अध्यक्ष पदका लागि ८ जनाको आवेदन परेको थियो।

प्रकाशित: Dec 31, 2019| 06:44 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्