सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ ईन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा सुरु

सिद्धार्थ ईन्स्योरेन्सद्वारा घुम्ती बीमा सेवा सुरु

 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँ पालिकाबाट घुम्ती बीमा सेवा सुरु गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्यधिक लाभको लागि आग्रह गर्दै स्थानीय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरे ।

गाउँपालिकाका पदाधिकारी, अगुवा कृषक तथा स्थानिय जनताको उपस्थिति रहेको सो समारोहमा गाउँपालिका उपाध्यक्ष लालसुव्वा गुरुङ्ग तथा नेपाल वीमक संघका महासचिव चंकी क्षेत्रीले शुभकामना मन्तव्य दिएका थिए ।

प्रकाशित: Dec 31, 2019| 07:01 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्