बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • जावलाखेलको सामना गर्दै च्यासल, पहिलो जितको खोजीमा हिमालयन शेर्पा

जावलाखेलको सामना गर्दै च्यासल, पहिलो जितको खोजीमा हिमालयन शेर्पा

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) दुई खेल सञ्चालन हुँदैछन्।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) दुई खेल सञ्चालन हुँदैछन्।

पहिलो खेलमा च्यासल युथ क्लबले जावलाखेल युथ क्लबको सामना गर्दैछ। खेल एन्फा कम्पलेक्समा बिहान ११ः३० बजे सुरु हुँदैछ।

जारी सिजनमा अपराजित रहेको जावलाखेल जितको यात्रालाई निरन्तरता दिने दाउमा छ। यता च्यासल भने खेल जितेर अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने रणनीतिमा छ।

अंकतालिकामा जावलाखेल ५ अंकसहित पाँचौं स्थानमा छ। जावलाखेलले ३ खेलमध्ये १ जित र २ बराबरी खेलेको छ। यस्तै, च्यासल ४ अंक बटुलेर आठौं स्थानमा छ। च्यासलले १ जित, १ हार र १ बराबरी खेलेको छ।

दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ। जारी सिजनमा जितविहीन रहेको हिमालयन शेर्पा आजको खेलमा पहिलो जित निकाल्ने दाउमा छ। यता, ब्रिगेड ब्वाइज भने जित निकाल्दै अंकतालिकामा स्थान सुधार गर्न चाहान्छ।

अंंकतालिकामा ब्रिगेड ब्वाइजले ३ अंकसहित दसौं स्थानमा छ। ब्रिगेड ब्वाइजले १ खेलमा जित र २ मा हार व्यहोरेको छ। यता, हिमालयन शेर्पाले २ अंक बटुलेर एघारौं स्थान ओगटेको छ। हिमालयन शेर्पाले १ खेलमा हार र २ मा बराबरी खेलेको छ।

 

प्रकाशित: Dec 31, 2019| 03:31 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।