मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एडीबीले समय थप्न नमान्दा लामीडाँडा–मेलम्ची सडक अलपत्र

एडीबीले समय थप्न नमान्दा लामीडाँडा–मेलम्ची सडक अलपत्र

एसियाली विकास बैंक (एडीबी)को आकस्मिक कोषबाट सुरु गरेको लामीडाँडादेखि मेलम्ची पुलसम्मको सडक मर्मतको काम तोकिएको समयमा पूरा हुन नसक्दा काम बीचमा नै रोकिने भएको छ ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं– एसियाली विकास बैंक (एडीबी)को आकस्मिक कोषबाट सुरु गरेको लामीडाँडादेखि मेलम्ची पुलसम्मको सडक मर्मतको काम तोकिएको समयमा पूरा हुन नसक्दा काम बीचमा नै रोकिने भएको छ ।

एडीबीले सो सडक मर्मतका लागि दिएको समयावधि मंगलबार सकिँदैछ । स्थानीय नेता तथा मेलम्ची खानेपानी आयोजनाले आग्रह गरेपछि एडीबीले सो सडक मर्मतका लागि आकस्मिक कोषबाट रकम दिन स्वीकार गरेको थियो। तर, तोकिएको समयमा काम नसकेपछि एडीबीले बाँकी काम रोक्ने जनाइसकेको छ ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङका अनुसार एडीबीले सन् २०१८ को डिसेम्बरमा नै काम सक्नेगरी सो कोषबाट ९६ करोड रुपैयाँ भुक्तानीका लागि स्वीकार गरेको थियो। तर, अहिलेसम्म ६० करोड रुपैयाँबराबरको काम भइसकेको र करिब ६५ प्रतिशत काम गर्न बाँकी रहेको सोमबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा जानकारी दिए ।

‘बाँकी ३५ प्रतिशत काम र करिब ३६ करोड रुपैयाँ लागत हुने काम बाँकी रहेको छ, त्यसको लागि सरकारले आन्तरिक कोषबाट नै परिपूर्ति गर्नुपर्ने अवस्था देखिएको छ । यसका लागि समितिले अर्थ मन्त्रालयसँग समन्वय गरिदिनुपर्यो,’ सांसद तामाङले भने ।

सो सडक खण्डको काम गर्नका लागि टेन्डर आव्हानदेखि सरकारी प्रकृया पूरा गर्दा केही समय लागेको तर एडीबीलाई आग्रह गर्दा समय थप्न नमानेको सांसद तामाङले जानकारी दिए ।

लामाीडाँडादेखि मेलम्चीसम्मको सडक मेलम्ची आयोजना प्रभावित क्षेत्रभित्र नै पर्ने भएकोले एडीबीले आफ्नो आकस्मिक कोषबाट रकम छुट्याएको थियो । तर, समयमा काम नसक्दा एडीबीले बाँकी रकम भने दिन मानेको छैन ।

प्रकाशित: Dec 30, 2019| 11:19 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्