मंगलबार, भदौ २, २०८३

माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने

 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात् रु. १ अर्व भन्दा बढी पैसा नेपाल ल्याउने भएको छ ।

पुस १३ गते आइतबार दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउने सम्बन्धि सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशिय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरे ।

दुबईबाट पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएकोले नेपाल राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउनेछ । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ«े बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ।

प्रकाशित: Dec 30, 2019| 03:58 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्