मंगलबार, भदौ २, २०८३

अजोड ईन्स्योरेन्सको दोस्रो साधारणसभा सम्पन्न

 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले पुस ११ गते गते आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०७५–०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५–०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७६–०७७ को लेखापरीक्षण गर्न संचालक समितिको सिफारिश मुताविक लेखापरीक्षक मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने निर्णय पनि गरेको छ । साथै सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित भएको छ ।

प्रकाशित: Dec 30, 2019| 03:55 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्