बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्ने

 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

भैरहवा । यही पुस २४, २५ र २६ गते भारतको कलकत्ता उलबरियास्थित रविन्द्र भवनमा हुने ९ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप २०२० तथा अन्तर्राष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालको तर्फबाट मिसन गोजुरीयोको टिमले भाग लिने भएको छ ।

उक्त प्रतियोगिताका सम्बन्धमा जानकारी दिने उद्देश्यले भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जापान गोजु रियो कराते डो मिसन संघ नेपालका प्रमुख प्र्रशिक्षक केबी राना (काजी) ले भने, ‘५ देशका ५ सय खेलाडीको प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व मिसन गोजुरीयोले गर्ने छ ।’ प्रतियोगितामा श्रीलंका, भुटान, बंगलादेश, नेपाल र भारतका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

मिसन गोजुरीयाका संस्थापक अध्यक्ष समेत रहेका काजीले प्रतियोगितामा १० वर्ष उमेर समूहदेखि १९ वर्षभन्दा माथिको उमेर समूहका करातेको कुमुते र काता विधामा प्रतिसपर्धा हुने बताए । प्रतियोगितामा ७ जना महिला सहित २० जना खेलाडी र ७ अफिसियल गरी २७ जना सहभागी हुनेछन् ।

प्रकाशित: Dec 30, 2019| 03:49 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।