बुधबार, असार ३१, २०८३

‘ए’ डिभिजन लिगमा आज चौथो चरणका खेल सुरु हुँदै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) चौथो चरणका खेल सुरु हुँदैछन्।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) चौथो चरणका खेल सुरु हुँदैछन्।

चौथो चरणअन्तर्गत आज दुई खेल सञ्चालन हुँदैछन्।

एन्फा कम्पलेक्समा बिहान ११ः३० बजे न्युरोड टिम (एनआरटी)ले चालू सिजनमा अपराजित मछिन्द्र क्लबको सामना गर्दैछ।

अंकतालिकामा मछिन्द्र तेस्रो स्थानमा रहँदा एनआरटी छैटौंमा छ। मछिन्द्रले २ खेलमा जित र १ मा बराबरी खेल्दै ६ अंक बटुलेको छ। यता एनआरटीले २ मा जित र १ मा हार व्यहोर्दै ४ अंक हासिल गरेको छ।

मछिन्द्र आजको खेलमा जितेर आफ्नो जितको यात्रालाई निरन्तरता दिने रणनीतिमा छ भने एनआरटी खेल जितेर अंकतालिकामा माथि उक्लिने दाउमा छ।

एन्फा कम्पलेक्समै हुने दोस्रो खेलमा दिउँसो ३ बजे तेह्रौं स्थानको फ्रेन्डस क्लबले शीर्ष स्थानको मनाङ मर्स्याङदी क्लबको सामना गर्दैछ।

जारी सिजनमा मनाङले शत प्रतिशत जित निकाल्दै ९ अंक बटुल्दा फ्रेन्डस जितविहीन छ।

मनाङ आजको खेलमा जित निकाल्दै शीर्ष स्थानको अन्तर बढाउने दाउमा छ। यता फ्रेन्डस पनि बलियो टोलीलाई हराएर प्रतियोगितामा पुनरागमन गर्न चाहान्छ।

‘ए’ डिभिजन लिग : तेस्रो चरण सकिँदा मनाङ शीर्ष स्थानमा, थ्री स्टार दोस्रो

प्रकाशित: Dec 30, 2019| 01:52 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।