मंगलबार, भदौ २, २०८३

सिद्धार्थ बैंकको ‘महिला उद्यमशील कर्जा’

 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि रू. १५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ महिला उद्यमशील कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रदान गरिने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफ्नो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।

महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पुर्याउने बैंकको विश्वास रहेको छ । ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा (अधिकतम रू. १५ लाख सम्म), वार्षिक ६।०२ प्रतिशतसम्मको आकर्षक ब्याजदर, प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा, ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुनेजस्ता विशेषता यसका रहेका छन्।

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टबाट देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको बैंकले जनाएको छ ।

प्रकाशित: Dec 29, 2019| 09:47 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्