मंगलबार, चैत १०, २०८२

चितवन राइनोजलाई पीपीएलको उपाधि

पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजले जितेको छ।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ।

National life

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा चितवनले विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्यो।

२०३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै जोड्न सक्यो।

विराटनगरका लागि मुहम्मद जैद आलमले सर्वाधिक ५७ रन जोडे। यस्तै, प्रदीप ऐरीले ३६, पुनित मेहराले ३२ र नोमान खानले १८ रनको योगदान दिए। जितेन्द्र मुखिया ७ र पुष्प थापा ३ रनमा अविजित रहे। विराटनगरका चार खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। 

बलिङतर्फ चितवनका करन केसीले सर्वाधिक ३ विकेट लिए। यस्तै, सन्नी पटेलले २ र रोहन मुस्तफाले १ विकेट लिए।

Laxmi sunrise bank
kumari

त्यसअघि टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०२ रनको योगफल तयार पारेको थियो। चितवनका लागि अनिलकुमार साह र रोहन मुस्तफाले ५०–५० रन जोडेका थिए। ३४ बल खेलेका साहले आफ्नो पारीमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै, मुस्तफाले ४३ बलमा ३ चौका र १ छक्का हिर्काए।

कप्तान पारस खड्काले ११ रनमा ४ चौका र १ छक्का प्रहार गरी २५ रनको योगदान दिए।

अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका बाबर हायात भने ५ रनमा आउट भए। आरिफ शेखले ११ बलमा १९ रन जोडे। यस्तै, करन केसी २६ र सन्नी पटेल १६ अविजित रहे। ८ बल खेलेका केसीले आफ्नो पारीमा दुई चौका र दुई छक्का प्रहार गरे भने समान बल खेलेका पटेलले दुई चौका हिर्काए। आफ्नो पारीमा दुई चौका र दुई छक्का प्रहार गरे। 

बलिङतर्फ विराटनगरका पुनित मेहरा र मोहम्मद जैद आलमले समान २ विकेट लिँदा किशोर महतोले १ विकेट चट्काए।

चितवन समूह चरणमा शीर्ष स्थानमा रहँदै फाइनल पुग्दा विराटनगरले बुटवललाई इलिमिनेटरमा हराउँदै अन्तिम दुईमा स्थान बनाएको थियो।

गत संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो।

प्रकाशित: Dec 28, 2019| 09:15 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।