मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीपीएल फाइनल : चितवनद्वारा विराटनगरसामु २०३ रनको लक्ष्य प्रस्तुत

पीपीएल फाइनल : चितवनद्वारा विराटनगरसामु २०३ रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

National life

टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०२ रनको योगफल तयार पार्यो।

चितवनकाे विशाल स्काेर बनाउन अनिलकुमार साह र रोहन मुस्तफाले ५०–५० रन जोडे। ३४ बल खेलेका साहले आफ्नो पारीमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै, मुस्तफाले ४३ बलमा ३ चौका र १ छक्का हिर्काए।

कप्तान पारस खड्काले आक्रामक पारी खेल्दै ११ रनमा ४ चौका र १ छक्का प्रहार गरी २५ रनको योगदान दिए। आरिफ शेखले ११ बलमा १९ रन जोडे। करन केसी २६ र सन्नी पटेल १६ रनमा अविजित रहे। ८ बल खेलेका केसीले आफ्नो पारीमा दुई चौका र दुई छक्का प्रहार गरे भने समान बल खेलेका पटेलले दुई चौका हिर्काए। 

अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका बाबर हायात भने ५ रनमा आउट भए। 

Laxmi sunrise bank
kumari

बलिङतर्फ विराटनगरका पुनित मेहरा र मोहम्मद जैद आलमले समान २ विकेट लिँदा किशोर महतोले १ विकेट चट्काए।

विराटनगरले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।

चितवन समूह चरणमा शीर्ष स्थानमा रहँदै फाइनल पुग्दा विराटनगरले बुटवललाई इलिमिनेटरमा हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो।

प्रकाशित: Dec 28, 2019| 07:25 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।