बुधबार, असार ३१, २०८३

सहिद स्मारक ‘ए’ डिभिजन लिग : थ्री स्टार र एपीएफ आज भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) थ्री स्टार क्लब र एपीएफ प्रतिस्पर्धा गर्दैछन्।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शनिबार) थ्री स्टार क्लब र एपीएफ प्रतिस्पर्धा गर्दैछन्।

खेल राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

जारी प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेका यी दुवै टिम आजको खेलमा जसरी पनि जित निकाल्ने रणनीतिमा छन्।

जारी सिजनमा अपराजित रहेको थ्री स्टार आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ। प्रतियोगितामा शत प्रतिशत जित निकालेकाले थ्री स्टारको मनोबल उच्च छ।

यसअघि थ्री स्टारले जाउलाखेल र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।

यता एपीएफ जितको खाता खोल्ने रणनीतिमा छ। जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न नसकेको एपीएफ थ्री स्टारविरुद्धको खेलबाट पुनरागमन गर्ने दाउमा छ। तर, बलियो थ्री स्टारसँग खेल जित्न सहज भने देखिदैन।

जारी प्रतियोगितामा मनाङ मर्स्याङ्दीसँग पराजित भएको एपीएफले हिमालयन शेर्पासँग बराबरी खेलेको थियो।

प्रतियोगिताको अंकतालिकामा थ्री स्टार ४ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ १ अंक बटुल्दै १२ औं (पुछारबाट तेस्रो) स्थानमा छ।

प्रकाशित: Dec 28, 2019| 04:39 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।