बाग्लुङ- उद्यमी चन्द्रप्रसाद ढकालले नेपाली उद्योगीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा शुक्रबार उम्मेदवारी घोषणा गरेका छन्।
उनले शुक्रबार आफ्नो गृह जिल्ला बाग्लुङमा आयोजित बाग्लुङ महोत्सवको क्रममा महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासङ्घको आगामी साधारणसभाबाट अध्यक्ष हुने क्रममा छन्।
ढकाल अहिले महासङ्घमा वस्तुगततर्फबाट उपाध्यक्ष छन्। उनले महासङ्घको आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
ढकाल हाल नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति छन्।
ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं लगानी बोर्डका आमन्त्रित सदस्यसमेत हुन्।