काठमाडौं– प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बाग्लुङ्गस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति पुस ९ गते बाग्लुङ्गका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले एक समारोहका बीच उद्घाटन गरे । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।