मंगलबार, भदौ २, २०८३

सिद्धार्थ बैंकका ७ वटा शाखाको औपचारिक उद्घाटन

 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं– सिद्घार्थ बैंकले देशका विभिन्न स्थानमा ७ वटा शाखाको औपचारिक सुरुवात गरेको छ । बैंकले पुस ८ गते राजविराज शाखा, कल्याणपुर शाखा, इनरूवा शाखा र मोरङको महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको औपचारिक उद्घाटन गरेको छ । त्यसैगरी बैंकले पुस ९ गते दमकमा अवस्थित राजमार्ग शाखा र मोरङमा पथरी शाखको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

राजविराज शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ सप्तरीका अध्यक्ष अरूण प्रधानले, कल्याणपुरको खड्ग नगरपालिकाका उपमेयर यासमिंन सुल्तानले, इनरूवा इनरूवा नगरपालिकाका मेयर राजन मेहताले र महेन्द्र चोक शाखाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए ।

त्यसैगरी दमक शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओली र पथरी शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ पथरीका अध्यक्ष दीपक बस्नेत र पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले संयुक्त रुपमा गरेका थिए ।

 

प्रकाशित: Dec 26, 2019| 06:30 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्