मंगलबार, भदौ २, २०८३

बुटवलमा व्यापार मेला सुरु

 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

भैरहवा– बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा २० औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ । पुस २३ गतेसम्म चल्ने मेलामा ५ सय स्टल छन् ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ नाराका साथ आयोजना गरिएको मेलामा ५ लाखभन्दा बढी दर्शक भित्र्याइने र १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्वल कसजुले बताए । बुटवलको देवीनगरस्थित मैदानमा सुरु भएको मेलाको पूर्वमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरे ।

मेलाको बारेमा जानकारी गराउँदै आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले प्रदेश पाँचमा लगानीका पर्याप्त सम्भावना भए पनि लगानीको वातावरण अझै बन्न नसकेको बताए ।

प्रकाशित: Dec 26, 2019| 04:31 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्