मंगलबार, भदौ २, २०८३

एभरेष्ट बैंकको मासिक नौ हजारमै घरकर्जा

एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै मासिक नौ हजार ३६३ रुपैयाँ तिरे घर कर्जा पाउने गरी होम लोन स्कीम सार्वजनिक गरेको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं - एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै मासिक नौ हजार ३६३ रुपैयाँ तिरे घर कर्जा पाउने गरी होम लोन स्कीम सार्वजनिक गरेको छ।

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित सो स्कीम सार्वजनिक गरेको हो। सो स्कीममा ग्राहकले २५ वर्षसम्मका लागि ऋण पाउनेछन् भने सर्भिस चार्जमा पनि २५ प्रतिशत छुट हुनेछ।

बैंकले सम्पूर्ण ग्राहकहरुलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ।

बैंकको हालसम्म १० लाख भन्दा बढी ग्राहक रहेका छन्। बैंकले हाल आफ्ना ९५ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Dec 25, 2019| 13:15 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्