मंगलबार, भदौ २, २०८३

‘भूकम्पपछिको आर्थिक वृद्धिदर ४.५ प्रतिशत’

२०७२ सालको भूकम्पपछि नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– २०७२ सालको भूकम्पपछि नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय पुर्निर्माण प्राधिकरण र आर्थिक पत्रकार समाज (सेजन) ले गरेको एक अध्ययनले यस्तो देखाएको हो।

पुनर्निर्माण सुरु भएपछि साढे ७ लाख लाभग्राहीले खाता खोलेको र त्यसमा ३० प्रतिशत महिलाको खाता रहेको अध्ययनले देखाएको छ।

अहिलेसम्म ६१ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न भएको, ७० प्रतिशत विद्यालय र सरकारी भवन तयार भएको प्राधिकरणले जनाएको छ।
पुनर्निर्माणका क्रियाकलापबाट कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत रहेको प्राधिकरणको भनाइ छ। पुनर्निर्माणका कारण लाखौं रोजगारी सिर्जना भएको प्राधिकरणको दाबी छ।

कतिपय अर्थविद्ले भने प्राधिकरणले दाबी गरेको तथ्यांकमा शंका व्यक्त गरेका छन्। प्रतिवेदन सार्वजनिक गर्न बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. गोविन्द नेपाल र गोविन्दराज पोखरेलले प्राधिकरणले दाबी गरेजस्तो आर्थिक वृद्धि नभएको भन्दै त्यसमा शंका व्यक्त गरेका हुन्। पोखरेल प्राधिकरणका पूर्व सीईओ पनि हुन्।

 

प्रकाशित: Dec 25, 2019| 10:34 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्