सोमबार, भदौ १, २०८३

तीन दिनमा १२ सयले बढ्यो सुनको मूल्य

 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– तीन दिनमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ। सुनचादी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ७२ हजार ८ सय पुगेको छ। आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य पुरानो रेकर्डलाई पछ्याउँदै अघि बढेको छ। सोमबार प्रतितोला ७१ हजार ९०० र मंगलबार ७२ हजार २०० रुपैयाँ पुगेको छ। केही दिनअघि सुनको मूल्य प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

तर विस्तारै घटेर प्रतितोला ७० हजारसम्म आएको थियो । तर पुनः सुनको मूल्य बढ्न थालेको हो । सुनमा भन्सार मूल्य बढेपछि बजार मूल्यमा पनि चाप परेको सुनचाँदी महासंघले जनाएको छ ।

प्रकाशित: Dec 25, 2019| 06:42 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्