सोमबार, भदौ १, २०८३

सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवमा छुट योजना

 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– सिद्घार्थ बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । बैंकले पुस ९ गतेदेखि माघ १० गते ३१ दिनसम्म छुटको योजना ल्याएको हो।

यस योजनामा ग्राहकले दराजमा कार्डमार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म ९अधिकतम रू. ५००), पहिलो दुई पटक रु. ५०० वा सो भन्दा बढी रकमको अनलाइन कारोबार गर्दा रु. ५०० क्यास ब्याक, पहिलो दुई पटक रु. ५०० वा सो भन्दा बढी रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा रु. ३८२ क्यास ब्याक पाउनेछन् ।

त्यसैगरी एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५,००० रुपैयाँको पिओएस मेसिन मार्फत् कारोबार गर्दा रु. १,००० क्यास ब्याक र बैंकस्मार्ट मार्फत् पहिलो पटक अधिकतम रु. ५०० को मोबाइल टपअप गर्दा २० प्रतिशत क्यास ब्याक पाइने बैंकले जनाएको छ।

प्रकाशित: Dec 25, 2019| 04:45 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्