सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन अभियोगमा मुद्दा

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन अभियोगमा मुद्दा

राजश्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा तीन फर्म तथा व्यक्ति उपर एघार करोड एकासी लाख बराबरको बिगो तथा बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी सहित मुद्दा दायर गरेको छ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं - राजश्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा तीन फर्म तथा व्यक्ति उपर एघार करोड एकासी लाख बराबरको बिगो तथा बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी सहित मुद्दा दायर गरेको छ।

विभागले रुपन्देहीको श्रीराम टोबाकोलाई राजश्व चुहावट गरेको अभियोगमा १० करोड ७३ लाख बिगो राख्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा न्यू लालिगुराँस इन्टरप्राइजेजका कमल प्रसाद तिवारीलाई ५९ लाख ३४ हजार बिगो कायम र सोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षको कैद मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

यस्तै भारतीय नागरिक अस्फाक मिर्जा उपर विदेशी विनिमय अपचलन गरेको अभियोगमा ४८ लाख बिगो कायम गरी बिगोको तीन गुणासम्म जरिवानाको मागदाबी लिई विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

प्रकाशित: Dec 24, 2019| 12:41 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्