सोमबार, भदौ १, २०८३

सिटी सेन्टरको 'विन्टर फेष्ट'मा भारी छुट

सिटी सेन्टरले नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं - सिटी सेन्टरले नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ।

विन्टर फेष्टको उपलक्ष्यमा ग्राहकलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ। यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन्।

युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ। अनुप्रस्थ, फ्यूजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्याण्डहरुको लाइभ प्रस्तुती विन्टर फेष्ट भरी जारी रहने सिटी सेन्टरले जनाएको छ।

प्रकाशित: Dec 24, 2019| 11:02 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्