काठमाडौं - २०७३ र २०७४ सालको हेमबहादुर मल्ल सम्मान क्रमशः कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ। सम्मान प्रदानका लागि गठित उच्चस्तरीय छनौट समितिले मंगलबार उक्त पुरस्कार घिसिङ र रुइतलाई प्रदान गर्ने घोषणा गरेको हो।
'नेपालमा विगत लामो समयदेखि लोडसेडिङको समस्या रहेकोमा विद्युत शक्तिको समुचित व्यवस्था गरी मुलुकलाई लोडसेडिङमुक्त तुल्याउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा आँखा उपचारमा अतुलनीय योगदान गर्ने आँखाका विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।' समितिका संयोजक कृष्णहरि बास्कोटाले भने।
नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको आपसी समझदारीबाट हेमबहादुर मल्ल सम्मानको २०५९ सालमा स्थापना गरिएको हो।