सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकरहरुलाई पर्यटनमन्त्रीको आग्रह– भ्रमण वर्ष उद्घाटनमा दीपावली गर्नुस्

बैंकरहरुलाई पर्यटनमन्त्रीको आग्रह– भ्रमण वर्ष उद्घाटनमा दीपावली गर्नुस्

 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका दिन आफ्ना कार्यालयमा दीपावली गरेर मनाउन बैंकरहरुलाई आग्रह गरेका छन्। सोमबार मन्त्री भट्टराईले बैंक तथा वित्तीय संस्थाका सिइओहरुलाई बोलाएर यस्तो आग्रह गरेका हुन्।

मन्त्री भट्टराईले पर्यटनको निम्ति पूर्वाधार जरुरी रहेको उल्लेख गर्दै सरकारले हवाई पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको बताए । भेटमा पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न सक्ने भएकोले सो सहयोग गर्न आग्रह गरे।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले संघमा भ्रमण वर्षलाई सफल बनाउन संघको सहयोग रहने बताए। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन बैंकरहरुलाई आग्रह गरे।

प्रकाशित: Dec 23, 2019| 11:10 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्