सोमबार, भदौ १, २०८३

सिजनमा पनि घटेन तरकारीको भाउ

 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– बढी उत्पादन हुने सिजनमा नै तरकारीको मूल्य नघटेपछि उपभोक्ता मारमा परेका छन्। तरकारीको अफसिजन मानिने असारदेखि बढेको मूल्य अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन।

असारदेखि असोजसम्मलाई तरकारीको अफसिजन मानिन्छ भने कात्तिकदेखि पुसम्मलाई सिजन । अफसिजनमा उत्पादन कम हुने भएकाले मूल्य बढ्ने गरेको व्यापारीहरु बताउँछन् । तर, सिजन सुरु भएर उत्पादन बढ्दा पनि मूल्य घटेको छैन ।

कालिमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक हेर्ने हो भने गोलभेंडा, आलु, प्याज, गाँजर, काउली, पालुँगो, चमसुर, सेलरी लगायतको मूल्य गत वर्षको तुलनमा यस वर्ष करिब शतप्रतिशत नै बढी देखिन्छ ।

गत वर्षको यसै समयमा ४० रुपैयाँ प्रतिकिलो रहेको काउली (स्थानीय) को मूल्य यस वर्ष ७५ रुपैयाँ छ । गत वर्ष १५ रुपैयाँ पर्ने बन्दाको ४० रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यस्तै गत वर्ष दुई सय रुपैयाँ प्रतिकिलोमा पाइने पुदिनाको मूल्य यस वर्ष २८० पुगेको छ ।

नेपालमा तरकारीको दैनिक माग कति हो भन्ने यकिन तथ्यांक कुनै सरकारी निकायसँग छैन । कालिमाटी तरकारी बजारका अनुसार उक्त बजारमा दैनिक करिब १२ सय टन तरकारी भित्रिन्छ ।

प्रकाशित: Dec 23, 2019| 10:52 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्