सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डेपुटी गभर्नर श्रेष्ठबारेको छानबिन प्रतिवेदन मन्त्रिपरिषद्‍मा, छिट्टै निर्णय हुने

डेपुटी गभर्नर श्रेष्ठबारेको छानबिन प्रतिवेदन मन्त्रिपरिषद्‍मा, छिट्टै निर्णय हुने

 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको छानबिन प्रतिवेदन मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ। श्रेष्ठको बारेमा छानबिन गर्न सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

सो समितिले तयार पारेको ३१ पृष्ठ लामो प्रतिवेदन सोमबार मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ। यसअघि समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको थियो । आफ्नो मन्त्रालयमा आएको सो प्रतिवेदन अर्थमन्त्री डा। युवराज खतिवडाले मन्त्रिपरिषद् लगेका हुन् । प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेश हुने र बैठकको निर्णयअनुसार श्रेष्ठमाथि कारबाही हुने बताइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका आधारमा सरकारले डेपुटी गभर्नर श्रेष्ठबारे छानबिन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो।

समितिले अनुसन्धानका क्रममा श्रेष्ठसँग पनि सोधपुछ गरेको थियो । वित्तीय क्षेत्रलाई समस्यामा पार्न बैंक तथा वित्तीय संस्थाहरुसँग मिलेर गैरवित्तीय कारोबारमा पनि संलग्न भएको, नक्कली बिल बनाएर भुक्तानी लिएको जस्ता आरोप श्रेष्ठमाथि लागेको छ।

प्रकाशित: Dec 23, 2019| 06:06 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्