काठमाडौं– नेपाल इलेक्ट्रोनिक टेक्निसियन्स एसोसिएसनको ५ औं साधारणसभाले लक्ष्मण श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
यस्तै उपाध्यक्षमा विकासप्रसाद गौतम, कोषाध्यक्षमा उमेशबहादुर लायो मगर, महासचिवमा उमेशकुमार खनाल निर्वाचित भएका छन् । निर्वाचनबाट सचिवमा कृष्णकुमार रसाइली, सदस्यमा विनोदमान श्रेष्ठ, ज्ञानेन्द्र सिंह, पदम शर्मा, शिरिष कुमार पौडेल, गोरखनाथ श्रेष्ठ, मुकुन्द थापा, रुपक थापा, महेश मल्ल ठकुरी, सीता मगर, कृष्ण थापा निर्वाचित भएका छन् ।
त्यसैगरी साधारणसभाले ७ वटा प्रदेशको सम्पर्क संयोजक पनि तोकेको छ । जसमा प्रदेश–१ मा रबि सुबेदी, प्रदेश–२ मा जहिर मियाँ अन्सारी, ३ मा जय पहारी, गण्डकी प्रदेशमा दान बहादुर के.सी., प्रदेश–५ मा डिल्लीराज गौतम, कर्णाली प्रदेशमा तिलकराज ढकाल र सुदूरपश्चिम प्रदेशबाट चन्द्र सतगौवा चयन भएका छन् ।
इलेक्ट्रोनिक प्राविधिकहरुको राष्ट्रिय परिषद एवं इलेक्ट्रोनिक प्राविधिकहरुको राष्ट्रिय प्राविधिक स्कुलको स्थापना, इलेक्ट्रोनिक प्राविधिकहरुको काम अनुसारको पारिश्रमिकको ग्यारेन्टी उनीहरुको रोजगारको व्यवस्था, बिमा एवं निजहरुको परिवारका लागि समेत औषधोपचारको व्यवस्थाका लागि इलेक्ट्रोनिक प्राविधिक अस्पतालको स्थापना लगायतका विभिन्न सुविधाहरु दिलाउने उद्देश्यले संस्था स्थापना भएको संस्थाले जनाएको छ ।