सोमबार, भदौ १, २०८३

सिभिल बैंकले ६.७५ प्रतिशत नगद लाभांश दिने

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ६.५७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको सो नगद लाभांश पारित गरेको हो ।

बैंकको सो साधारणसभाले चालू आर्थिक वर्षको लेखापरीक्षण गर्नको लागि एनविएसएम एण्ड एसोसिएसनलाई लेखापरिक्षकमा नियुक्त गरेको छ । बैंकको साधारणसभाले बैंकसँग उपयुक्त बैंक तथा वित्तीय संस्था खोजेर मर्जर वा एक्विजिसन गर्ने वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जानको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।

नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०२ र एटियम संख्या ७६ पुगेको छ ।

प्रकाशित: Dec 22, 2019| 11:51 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्