सोमबार, भदौ १, २०८३

कुमारीपाटीमा थ्रीडी आर्ट रेष्टुरेन्ट

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं– नेपालमै पहिलो पटक थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा आएको छ । नेकपाका युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेत र गायकद्वय रामकृष्ण ढकाल र धिरज राईले गत शुक्रबार ललितपुरको कुमारीपाटीमा स्थापना भएको वान डे थ्री डी आर्ट रेष्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नायिका निता ढुंगाना, चलचित्र निर्देशक अमरदिप सापकोटा, चलचित्र सम्पादक तथा निर्देशक शक्तिप्रज्वल घिमिरे, निर्देशक प्रविण थापा, कलाकारहरु नविन लम्साल, विष्णु सापकोटा, व्यवसायी उज्जलजंग शाहलगायतको उपस्थिति रहेको थियो 


मानिसहरुले स्वादिष्ट भोजनका साथै उपयुक्त वातावरणको पनि खोजीमा रहेकोले यहि आवश्यकतालाई मध्यनजर गरी थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक सुन्दर विष्टको भनाइ छ । सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको अवस्थामा रेष्टुरेन्टमा कोरिएका नेपालका पर्यटकीय स्थल र धर्म, संस्कृति र मौलिक परम्परागत चित्रकलाले पर्यटकहरुको मन लोभ्याउने विष्टको दावी छ । वान डेमा रहेका नेचर, एक्युरियम, म्युजिक, घोष्ट, स्पेस, पिस र चिल्डेन रुम यसका आकर्षण र उदाहरण हुन् ।

वान डेको २ सय जना अट्ने क्षमता छ । पारिवारिक भेटघाट, बैठक, गोप्य कुराकानीका लागि व्यवस्था गरिएका बेग्लै कोठामा बसेर आर्टसँगै विभिन्न परिकारको स्वाद लिन सकिन्छ ।

प्रकाशित: Dec 22, 2019| 07:09 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्