आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नयाँदिल्लीमा ६ किलोमिटर लामो ट्राफिक जाम, लाखौं मानिस प्रभावित

नयाँदिल्लीमा ६ किलोमिटर लामो ट्राफिक जाम, लाखौं मानिस प्रभावित

भारतको राजधानी नयाँ दिल्लीमा चर्किएको नागरिकता कानुन संशोधनको विरोधका कारण लाखौं मानिस ट्राफिक जाममा फसेका छन्।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा चर्किएको नागरिकता कानुन संशोधनको विरोधका कारण लाखौं मानिस ट्राफिक जाममा फसेका छन्।

National life

भारतीय समाचार एजेन्सीहरुका अनुसार राजधानीका फरकफरक ठाउँमा भएको विरोध प्रदर्शनका कारण ६ किलोमिटर लामो जाम भएको छ।

दिल्ली–गुरुग्राम बोर्डरमा सबैभन्दा ठूलो जामको असर परेको छ। बिहानैदेखि दिल्ली–गुरुग्राम हाईवेमा ठूलो जाम लागेको छ। दिल्ली बोर्डरबाट मानेसरसम्म लाखौं गाडी ट्राफिक जाममा परेका छन्। जसका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।

गुरुगाउँ यातायात पुलिसले बिहानैदेखि ट्राफिक जाम बढेको जनाएको छ।

भारतमा केही दिनअघि मात्रै पारित भएको नागरिकता संशोधनसम्बन्धी कानुनको विरोधमा बिहीबार देशव्यापीरुपमा प्रदर्शन भइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रदर्शनलाई थप हिंसात्मक हुन नदिन प्रहरीले धारा १४४ प्रयोग गरे पनि प्रदर्शन रोकिएको छैन। दिल्लीका अधिकांश क्षेत्रमा इन्टरनेट र एसएमएस सेवा बन्द गरिएको छ।

दिल्लीको अधिकांश मेट्रो रेल सेवा बन्द भएको छ। त्यस्तै बिहार र युपीमासमेत प्रहरीले धारा १४४ लागू गरेको छ। यो धारा लागु भएपछि त्यहाँ मानिसहरु जम्मा हुन नपाउने, नारा जुलुस गर्न नपाउने व्यवस्था छ।

नागरिकता सम्बन्धी संशोधित कानूनमा मुस्लिम समुदायलाई नागरिकताबाट बञ्चित गर्न खोजिएको र अन्य धार्मिक समुदायलाई बढी प्राथमिकता दिएको लगायतका आरोप लगाउँदै मुस्लिम समुदायका साथै भारतका सम्पूर्ण विपक्षी दलले विरोध गरेका छन्।

बिहीबार भारतीय कम्युनिष्ट पार्टीले देशव्यापी बन्दको आह्वान गरेको थियो।

विरोधमा उत्रिएका कम्युनिष्ट पार्टीका अधिकांश नेताहरु पक्राउ परेका छन् भने नागरिकता कानुनको विरोध गरेका नागरिक समाजका कार्यकर्ता, साहित्यकार तथा मानवअधिकारकर्मीहरुसमेत गिरफ्तारीमा परेका छन्।

प्रकाशित: Dec 19, 2019| 10:19 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।