शुक्रबार, जेठ १, २०८३

कुकुर पाल्न लाइसेन्स!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
भारत – कुकुर लोकप्रिय घरपालुवा जनावर हो। यसको इमान्दारीताले अधिकांश घरपरिवारमा कुकुर देख्न सकिन्छ। तर, यदी तपाई कुकुर पालनको सौखिन हुनुहुन्छ भने अब लाइसेन्स आवश्यक पर्ने भएको छ। चिन्तित नहुनुस्, यो नियम नेपालको नभएर भारतको युपीस्थित गाजियावादको हो। 

गाजियावादका घरपरिवार जसले कुकुर पाल्न चाहन्छन् उनीहरुले अब नगर निगममा पाँच हजार भारतीय रुपैयाँ जम्मा गरेर लाइसेन्स लिनुपर्ने छ। लाइसेन्सविना उक्त क्षेत्रमा कुकुर पाल्न निषेध गरिएको छ। 

यति मात्रै होइन, तपाइँले लाइसेन्स त लिनुभएको छ तर, तपाइँको कुकुरले सडक या पार्कमा दिशापिसाब गरे पाँच सय भारतीय रुपैयाँ जरिवानासमेत दिनु पर्ने छ। छाडा कुकुरको संख्या बढ्दै गएपछि र वाहिरी वातावरणमासमेत दुर्गन्ध फैलन थालेपछि उक्त क्षेत्रमा यस्तो नियम ल्याइएको गाजियावादका अधिकारीले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।