बुधबार, जेठ २०, २०८३

रूपन्देही मर्चवारीका अध्यक्ष खुले लोकतान्त्रिक समाजवादीमा

रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८
National life
Shivam cement

बुटवल- रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। बनियाँसहित मर्चवारी गाउँपालिकाका चार जना जनप्रतिनिधिले बिहीबार निर्वाचन कार्यालय रुपन्देहीमा लोकतान्त्रिक पार्टीमा रहने गरि सनाखत गरेका हुन् ।

अध्यक्ष बनियाँसँगै गाउँपालिकाकी कार्यपालिका सदस्य पूनम मिश्रा, सुनिता हरिजन र राजेश हरिजनले जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादीमा पार्टी रोजेको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। 

बनियाँ तत्कालीन मधेशी जनाधिकार फोरमबाट निर्वाचित जनप्रतिनिधि हुन्। यस्तै नेकपा एमाले फुटेर बनेको अर्को दल नेकपा (एकिकृत समाजवादी) पार्टीका तर्फबाट अहिलेसम्म कोही पनि सनाखतको लागी कार्यालय आएका छैनन्।

प्रकाशित: Sep 03, 2021| 06:53 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।