जकार्ता - इन्डोनेसियाको एक टापुमा ४४ हजार वर्ष पुरानो भित्ती चित्र फेला परेको छ।
४ंं.५ मिटर चौडाइको यो दुर्लभ चित्र भित्ती चित्रको इतिहासमै सबैभन्दा पुराना भएको दाबी अनुसन्धानकर्ताहरुले गरेका छन्।
गुफाको भित्तामा रातो रङले बनेको यो चित्रमा एकसिङे जनावर छ, जसलाई सिकारीले लखेटिरहेको छ।
अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयका पुरातत्त्वविद्हरूका अनुसार यस्तो आश्यर्चजनक भित्ती चित्र पहिलोपटक फेला परेको हो।
अनुसन्धानकर्ताका अनुसार युरोपको गुफामा पनि भित्ती चित्र भेटिएको छ। तर इन्डोनसियामा भेटिएको भित्ती चित्र नै सबैभन्दा पुरानो हो।
युरोपमा भेटिएको चित्र १४ देखि २१ हजार वर्ष पुरानो भएको दाबी गरिएको छ ।