बुधबार, जेठ २०, २०८३

प्रदेश २– नेकपा (एस) मा खुलेका दुई सांसद एमालेको कार्यक्रममा

नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत भइरहँदा माधव नेपाल पक्षमा खुलेका दुई प्रदेशसभा सदस्यहरु एमालेको कार्यक्रममा सहभागी भएका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८
National life
Shivam cement

जनकपुरधाम– नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत भइरहँदा माधव नेपाल पक्षमा खुलेका दुई प्रदेशसभा सदस्यहरु एमालेको कार्यक्रममा सहभागी भएका छन्। प्रदेश २ मा नेकपा (एस) को पक्षमा १० जना प्रदेशसभा सदस्य सनाखत गराइहँदा सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ भने निर्वाचन आयोगको कार्यालयमा उपस्थित भएनन्। 

नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत भइरहँदा विश्वकर्मा र गुरुङ एमालेको वीरगन्जमा जारी कार्यक्रममा सहभागी भएको जानकारी एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए।वीरगन्जमा एमालेको प्रदेश कमिटी बैठक चलिरहेको छ। 

विश्वकर्मा नयाँ पार्टीको संसदीय दलको नेता बन्ने दाउमा थिए। यद्यपि उनलाई प्रदेश २ को प्रदेशसभामा सचेतकको जिम्मेवारी दिने भएपछि उनी एमालेमा खुलेको बताइएको छ। गुरुङ भने विश्वकर्मासँगै खुलेकी खुलेकी हुन्। दुवै जना बाराका प्रदेशसभा सदस्य हुन्।

प्रकाशित: Sep 02, 2021| 16:50 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।