मंगलबार, फागुन १९, २०८२

बेलायतमा मतदान हुँदै, सेल्फी खिच्न प्रतिबन्ध

पाँच वर्षभन्दा कम समयमा बेलायतमा बिहीबार तेस्रोपटक निर्वाचन हुँदै छ।
 |  बिहीबार, मंसिर २६, २०७६

बीबीसी

बीबीसी

बिहीबार, मंसिर २६, २०७६

लन्डन - पाँच वर्षभन्दा कम समयमा बेलायतमा बिहीबार तेस्रोपटक निर्वाचन हुँदै छ।

यसअघि सन् २०१५ र २०१७ मा निर्वाचन भएको थियो।

बेलायतमा १०० वर्षमा पहिलो पटक डिसेम्बरमा मतदान हुन लागेको हो।

इङ्ग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नोर्दर्न आयरल्यान्डका कुल ६५० निर्वाचन क्षेत्रमा जीएमटी अनुसार ७ बजे मतदान सुरु हुनेछ।

मतदान सकिएपछि तत्काल मतगणना सुरु हुनेछ।

kumari

शुक्रबार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ।

सामान्यतया ब्रिटेनमा प्रत्येक चारदेखि पाँच वर्षमा आमचुनाव हुन्छ।

तर गत अक्टोबरमा सांसदहरूले तत्काल अर्को आमचुनाव गराउने पक्षमा मतदान गरे।

सन् १९७४ यता पहिलो पटक जाडो याममा चुनाव हुँदै छ। अझ डिसेम्बरमा चुनाव भएको त यो सन् १९२३ पछि पहिलो पटक हो।

सेल्फी खिच्न प्रतिबन्ध

ब्रिटिस नागरिक वा राष्ट्रमण्डलका लागि योग्य नागरिक वा आयरल्यान्ड गणतन्त्रका नागरिक, १८ वर्ष उमेर पुगेका र नाम दर्ता गराएकाहरू मतदानका लागि योग्य मानिएका छन्।

निर्वाचन निगरानी गर्ने निकायले मतदाताहरूलाई मतदान केन्द्रभित्र सेल्फी खिच्न वा अन्य फोटो खिच्न नपाइने कानुनको स्मरण गराएको छ।

कतिपय मानिसले चुनावको दिनअगावै हुलाकमार्फत् पोस्टल भोट हालिसकेका छन्। दुई वर्षअगाडि गरिएको चुनावमा त्यसरी अग्रीम मतदान गर्नेहरूको सङ्ख्या ७० लाख थियो।

प्रकाशित: Dec 12, 2019| 05:17 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।