सोमबार, भदौ १, २०८३

जन्मदर्ता गर्दा दुई लाख घूस लिने वडा सचिव पक्राउ

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं– जन्मदर्ता प्रमाणपत्र बनाइदिएबापत सेवाग्राहीबाट दुई लाख रुपैयाँ घूस लिने सप्तरीका एक वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ। महादेवा गाउँपालिका–६ का वडा सचिव नायब सुब्बा नबोनाथ मिश्रालाई सेवाग्राहीबाट लिएको घूस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

सेवाग्राहीको उजुरीका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले मिश्रालाई राजविराज नगरपालिका–२ तित्रीगाछीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले बताएको छ।

प्रकाशित: Dec 11, 2019| 05:37 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।