सोमबार, भदौ १, २०८३

अर्थमन्त्री खतिवडासहित को को सांसद विदा हुँदैछन् ?

राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिदैछ। दुई वर्षे कार्यकाल पुरा गरेर विदाइ हुन लागेका सांसदहरुमा ..
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं- राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिदैछ।

स्थायी संसद्का रुपमा लिइने राष्ट्रियसभामा पहिलो पटक चयन भएका ५९ मध्ये १९ जना गोलाप्रथाबाट हट्न लागेका हुन्। संसद् सचिवालयले निर्वाचन विधिअनुसार नै क्लष्टर विभाजन गरी २०७५ असारमा कार्यकाल विभाजनका लागि गोलाप्रथा गरेको थियो।

जसमा पहिलो दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २०/२० जना सदस्य छानिएका थिए।

गोला प्रथाबाट दुई वर्षे कार्यकाल पुरा गरेर विदाइ हुन लागेका सांसदहरुमा अर्थमन्त्री युवराज खतिवडासमेत छन्। उनीसहित आउँदो फागुनमा कार्यकाल सकिने सांसदहरुमा बद्री पाण्डे, बलराम बाँस्कोटा, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली छन्।

यस्तै मीना बुढा, मुक्ता कुमारी यादव, कालीबहादुर मल्ल, खेमराज नेपाली युटोला तामाङ, रमेश प्रसाद यादव, राजकुमार कुँवर, रामपृत पासवानको कार्यकाल पनि फागुन २० मा सकिँदैछ।

त्यस्तै सुरेन्द्रराज पाण्डे, वृशेषचन्द्र लाल, हरिचरण शिवाकोटी, सरिता प्रसाईँ, विन्दादेवी आले (राना), र को कार्यकाल पनि फागुन २० मा नै सकिँदैछ।

१९ सांसदको कार्यकाल सकिन लागेपछि निर्वाचन आयोगले माघ ९ गते निर्वाचन गर्न सरकारसमक्ष मिति प्रस्ताव गरेको छ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

पहिलोपटक ५६ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन भएको थियो भने तीन जना मन्त्रिपरिषदको सिफारिसमा मनोनीत भएका थिए। यसरी मनोनित हुनेमा अर्थमन्त्री खतिवडा, रामनारायण विडारी र डा. विमला राई पौड्याल थिए।

प्रकाशित: Dec 11, 2019| 03:48 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।