सोमबार, भदौ १, २०८३

घुस लिदै गर्दा प्रहरी नै अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पचास हजार घुस लिदै गरेको अवस्थामा दुई प्रहरीलाई पक्राउ गरेको छ ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

सर्लाही- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पचास हजार घुस लिदै गरेको अवस्थामा दुई प्रहरीलाई पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियारले पक्राउ गरेको हो ।

भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ ।

सइ सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ ।

उनीहरुलाई हिरासतमा लिएर बर्दिवास लैजाने क्रममा त्रिभुवननगरका केही स्थानीयवासीले अख्तियारको टोलीलाई अवरोध गर्दा अवस्था केहीबेर तनावग्रस्तसमेत भएको थियो ।

प्रकाशित: Dec 11, 2019| 01:50 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।