सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ ध्रुवहरि अधिकारीलाई

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ ध्रुवहरि अधिकारीलाई

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– नेपाल समाचार केन्द्र प्रालिले नेपालको पत्रकारिताको विकासमा चार दशकदेखि पुर्याएको विशिष्ट योगदानको कदरस्वरुप पत्रकार ध्रुवहरि अधिकारीलार्ई ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरन्जीवी नेपालले उनलाई कदरस्वरुप नगद पुरस्कार र सम्मानपत्र प्रदान गरे । खत्रीको रुपन्देहीको शालझण्डीमा २०६८ साल मङ्सिर १२ गते सवारी दुर्घटनामा निधन भएपछि उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठले उक्त स्मृति पुरस्कार स्थापना गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातक, लण्डन स्कूल अफ जर्नालिजमबाट अनर्स सहितको डिप्लोमा गरेका पत्रकार अधिकारीले स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता अध्यापन र अनुशिक्षणमार्फत मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि विशिष्ट योगदान पुर्याउँदै आएका छन् ।

कार्यक्रममा गर्भनर डा. नेपालले पत्रकारिताको सिद्धान्त र आचरणभित्र रही स्वच्छ एवं स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारका रुपमा वरिष्ठ पत्रकार अधिकारी स्थापित भएको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले स्वतन्त्ररुपले कलम चलाउँदै आएका पत्रकार अधिकारीलाई पुरस्कार प्रदान गर्नु भनेको नेपाली पत्रकारिता क्षेत्रकै सम्मान भएको बताए ।

पुरस्कृत अधिकारीले पत्रकारिता क्षेत्रको विश्वासनीयता प्रतिको सम्मानका रुपमा पुरस्कार ग्रहण गरेको बताउँदै पत्रकारिता क्षेत्रले मर्यादा र शिष्टतालाई छोड्न नहुनेमा अहिले समाजमा त्यो कम हुँदैगएको भनी आलोचना सुनिँदै आएको बताए ।

 

प्रकाशित: Dec 10, 2019| 14:09 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।