सोमबार, भदौ १, २०८३

१३औं साग आयोजकलाई पूर्वराजाले दिए धन्यवाद

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुसी व्यक्त गर्दै थप सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) समापन भएको दिन आज (मंगलबार) उनले एक सन्देश जारी गर्दै भनेका छन्–‘यसपालीको सागमा नेपालले हासिल गरेको उत्कृष्ट परिणामले मलाई अत्यन्त खुसी लागेको छ । यो उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाई दिन चाहन्छु । आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ । साथै १३ औँ साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवम् व्यवस्थापक सबैप्रति पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

प्रकाशित: Dec 10, 2019| 13:05 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।