सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सागमा नपड्केको पटाका पड्काउँदा घाइते भएका बालकको मृत्यु

सागमा नपड्केको पटाका पड्काउँदा घाइते भएका बालकको मृत्यु

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

जनकपुरधाम– जनकपुरमा पटाका पड्काउने क्रममा घाइते भएका एक बालकको मृत्यु भएको छ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलको उद्घाटन समारोहमा नफुटेको पटाका पड्काउने क्रममा घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो।

पटाकाबाट घाइते भएका जनकपुरधाम–१३ बस्ने निर्मला राउतका १० वर्षीय छोरा आलोक राउतको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा आलोकको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुस्ती खेलको उद्घाटनमा मंसिर २० गते साँझ आतिशबाजी गर्ने कार्यक्रमअनुसार विभित्र खाले पटाका पड्काइएको थियो। सोहीमध्ये पड्कन नसकेको पटाका बालक आलोकले घर लगेर पड्काउन खोजेका थिए।

पटाका पड्काउने क्रममा आलोकको पेट जलेको थियो। पटाकाबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो। तर उपचार सम्भव नभएपछि थप उपचारका लागि आलोकलाई धरान पठाइएको थियो।

प्रकाशित: Dec 10, 2019| 11:29 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।