शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ३४ वर्षे प्रधानमन्त्रीले कार्यभार सम्हाल्दै भनिन्- फिनल्याण्डलाई अझ राम्रो बनाउँछु

३४ वर्षे प्रधानमन्त्रीले कार्यभार सम्हाल्दै भनिन्- फिनल्याण्डलाई अझ राम्रो बनाउँछु

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

एजेन्सी– फिनल्याण्डकी नवनियुक्त प्रधानमन्त्री साना मरिनले फिनल्याण्डलाई बालकदेखि वृद्धसम्मले बाँच्न लायक देश बनाउने बताएकी छिन् ।

३४ वर्षीया प्रधानमन्त्री मरिनले आफ्नो कार्यभार सम्हालेपछि चार वर्षभित्र फिनल्याण्डको स्थिति अहिलेभन्दा राम्रो हुने बताइन्। ‘म यस्तो समाज निर्माण गर्न चाहन्छु, जहाँ बालकदेखि वृद्धवृद्धासम्म मानवीय तरिकाले हुर्कन र बाँच्न सकुन्।’

सोसल डेमोक्रेटिक पार्टीबाट यातायात मन्त्री रहेकी मरिन प्रधानमन्त्री अन्टी रिन्नेले छोडेपछि नेतृत्वमा छनोट भएकी हुन्।

उनले सेन्ट्रल लेफ्ट कोलिसनमा सामेल ५ पार्टीको नेतृत्व गर्दैछिन्। मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। युक्रेनका प्रधानमन्त्री ओलेक्सी हाचारुक ३५ वर्षका छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्दा अर्डेनको उमेर ३९ वर्ष हो।

प्रकाशित: Dec 10, 2019| 11:22 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।