सोमबार, भदौ १, २०८३

प्याजको मूल्य बढेको बढ्यै, कतै लूट त कतै अफर

बजारमा प्याजको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा प्याजको चोरी र लुटका खबरहरु प्रकाशित भएका छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं- बजारमा प्याजको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा प्याजको चोरी र लुटका खबरहरु प्रकाशित भएका छन्।

भारतबाट आयात लगभग ठप्प भएपछि नेपालमा चीनबाट ल्याइएको ठूलो प्याजको खुद्रा मूल्य रु २०० प्रतिकिलोसम्म पुगेको छ ।

नेपाल लगायत विश्वका धेरै देशमा प्याज निर्यात गर्ने भारतकै शहरहरुमा प्याजको मूल्य भारु २०० प्रतिकिलो सम्म पुगेको छ ।

भारतमा किसानहरुले प्याजका खेत र भण्डारमा पहरा दिइरहेका छन्। भारतमा गोदामबाट बजारसम्म पुर्यारउँदै गर्दा र खेतबाट समेत प्याज लुटिएका खबरहरु आइरहेका छन् ।

प्याज महंगो हुँदै जाँदा मोबाइल कम्पनीदेखि भाडावर्तन कम्पनीसम्मले एउटा सामान खरिदमा निश्चित परिमाणमा प्याज दिने अफर गरेर ग्राहक तान्न थालेका छन्।

भारत र नेपाल मात्र होइन, श्रीलंका, पाकिस्तान, बांग्लादेश र अफगानिस्तानमा प्याज निकै महंगो खाद्य वस्तु भएको छ ।

भारतमा प्याजको उत्पादन कम भएर मूल्य अकासिएपछि त्यहाँको सरकारले प्याज निर्यातमा रोक लगाएको छ। भारत एसियाकै सबैभन्दा ठूलो प्याज निर्यातकर्ता हो।

गर्मीमा उत्पादन हुने प्याज बेमौसमी वर्षाका कारण कुहिएपछि भारतमा प्याजको भाउ बढेको हो। त्यसैले भारतको प्याजमा निर्भर एसियाली देशहरुमा प्याजको भाउ आकाशिएको हो ।

आन्तरिक उत्पादनलाई बढावा दिन प्याज आयातमा ठूलो कर लगाएको श्रीलंकाले दुई महिनाअघि नै त्यस्तो कर हटाउँदा पनि प्याजको बजार भाउ घटेको छैन । त्यहाँ प्याजको खुद्रा मूल्य श्रीलंका रु। ३०० प्रतिकिलोसम्म पुगेको छ।

बांग्लादेशमा सामान्य अवस्थामा ३० टाका प्रतिकिलोमा पाइने प्याजको मूल्य अहिले २६० टाकासम्म पुगेको छ।

बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले त आफूले प्याज खानै छोडेको बताएकी छन्। खानामा अनिवार्य जस्तै प्याज प्रयोग हुने बांग्लादेशमा अहिले रेस्टुरेन्टका मेन्युमा मूल्य बढाइएको छ।

बांग्लादेशले म्यानमार, चीन, इजिप्ट र टर्कीबाट हवाई कार्गोमार्फत प्याज निर्यात गर्न थालेको छ।

पाकिस्तानमा पनि प्याजको मूल्य बढेर पाकिस्तानी रु। १०० प्रतिकिलो पुगेको छ। भारतीय प्याज अफगानिस्तान हुँदै पाकिस्तान पुग्थ्यो।

पाकिस्तानले अहिले इरानबाट प्याज आयात गरिरहेको छ। पाकिस्तानी उपभोक्ताले इरानी प्याजको गुणस्तर र स्वाद भारतीय जस्तो नभएको गुनासो गरिरहेका छन्।

भारतीय अधिकारीहरुका अनुसार आगामी एक महिनामा प्याज आपूर्ति बढ्ने सम्भावना छ।

प्याजको नयाँ फसल तयार भएर बजारमा आपूर्ति बढेपछि यसको मूल्य कम हुने भारतीय अधिकारीहरुको आकलन छ।

भारतले वार्षिक २० लाख टनभन्दा बढी प्याज निर्यात गर्छ। त्यसैले चीन, इजिप्ट जस्ता देशबाट यति ठूलो परिमाणमा प्याज निर्यात हुनसक्ने सम्भावना छैन। निर्यात भए पनि भारतमा भन्दा महंगो पर्न जान्छ।

नेपालमा गत असोजमा भारतबाट ३ करोड ६० लाख किलो, चीनबाट २ लाख ८१ हजार किलो र नामिबियाबाट १२ हजार किलोग्राम प्याज आयात भएको छ। तर, कात्तिकमा भारतबाट करिब २० हजार किलोग्राम मात्रै प्याज आयात भएको भन्सार विभागले जनाएको छ।

 

प्रकाशित: Dec 10, 2019| 11:13 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।