सोमबार, भदौ १, २०८३

'स्नातकोत्तर तहमा नापनक्साकाे पढाइ'

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नाप, नक्सासम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताएकी छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काभ्रेपलाञ्चोक-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नाप, नक्सासम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताएकी छन्।

भूमि प्रशिक्षण केन्द्रले 'नापनक्सासम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन' विषयमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले अब नापनक्सासम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताएकी हुन्।

मन्त्री अर्यालले नाप नक्सासम्बन्धी प्रविधि अन्तर्राष्ट्रिय स्तरको बनाइने बताइन्।

गोष्ठीबाट अन्तर्राष्ट्रिय सहकार्य र पाठ्यक्रम विकास बढी चासोको विषय हुने भन्दै उनले केन्द्रले केन्द्रित गर्नुपर्ने क्षेत्रको पाठ्यक्रम विकासमा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरिन्।

मन्त्री अर्यालले नेपालले ुनेपाल भ्रमण वर्ष २०२०ु मनाइरहेको सन्दर्भमा कार्यक्रममा आमन्त्रित विदेशी पाहुनाहरूलाई नेपालको भ्रमण गर्न आग्रह गरिन्। 'हामीले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौं। यस सन्दर्भमा हाम्रो देशको भ्रमण गर्नका निम्ति हार्दिक आग्रह गर्दछुु,’ मन्त्री अर्यालले भनिन्।
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नापनक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञहरूको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको हो।

प्रकाशित: Dec 10, 2019| 09:26 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।